महिला एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
- गाउँ सहर संवाददाता
- ८ श्रावण मंगलबार, २०८१ | ०७:१७:०० मा प्रकाशित

काठमाडौं । एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंकास्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।
१-१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।
पछिल्लो खेलमा पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्ने छ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।
पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ ।
पछिल्लो खेलमा पाकिस्तान विरुद्ध १० विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो । तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।
भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस