चर्को भ्याटकाे विराेधमा विषादी व्यवसायी विरोधमा
- गाउँ सहर संवाददाता
- १४ असार शुक्रबार, २०८१ | ०९:३६:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । सरकारले लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को विरोध स्वरुप देशव्यापी पसल बन्द गर्ने विषादी व्यवसायी संघले घोषणा गरेको छ ।
संघले बिहीबार प्रेस विज्ञप्ति जारी गरी कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य वृद्धि गरिएको शुल्कको विरोध प्रदर्शन गरी देशव्यापी पसल बन्द गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष छोटेलाल प्रसाद र महासचिव रामचन्द्र कार्कीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा असार १४ र १५ गते देशव्यापी विरोध प्रदर्शन गरी पसल बन्द गर्न आह्वान गरेका हुन्।
उक्त विज्ञप्तिमा संघले सम्पूर्ण विषादी व्यवसायीहरुलाई एकजुट भइ नेपाल सरकारको तर्फबाट आर्थिक वर्ष २०८१/२०८२ को लागि मिति २०८१/०२/१५ गते प्रस्तुत बजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरुमा मुल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएकोले सोको विरोध गर्न आह्वान गरेको छ।
प्रधानमन्त्री, अर्थमन्त्री, कृषि मन्त्री लगायत विशिष्ट व्यक्तिहरुलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि वस्तुहरुमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट ) हटाइदिन “विन्ति पत्र” दिएर अनुरोध गर्दा उनीहरुबाट सकारात्मक जवाफ पाएको तर ११ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट २०८१/०२/१५ गते प्रस्तुत बजेटलाई नै सोही निर्णय पास गरेको साथै जीवनाशक विषादी ऐन २०७६ अन्तर्गत हालै मन्त्री परिषदबाट पास गरिएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शूल्कमा ५०० प्रतिशतदेखि १००० प्रतिशतसम्म प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरिएको उनीहरुको ठहर छ ।
यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगायत नेपाली किसानहरुमाथि ज्यादती थोपर्ने र कृषि पेशामा आबद्ध उनीहरुको पेशालाई धरापमा पार्ने कार्यहरु गरेको हुँदा कृषि बालीनालीमा प्रयोग हुने विषादी लगायत कृषि बस्तुहरुमा लागेको मुल्य अभिवृद्धि कर (भ्याट ) र विषादी पञ्जिकरणमा वृद्धि गरेको शुल्कको खारेजीको माग गर्दै शुक्रबार र शनिबार देशव्यापी रुपमा विरोध प्रदर्शन गरी पसल बन्द गर्न आह्वान गरेको जनाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस