अझैपनि गरिबीको रेखामुनि २०.२७ प्रतिशत जनसङ्ख्या, गाउँमा बढि
- गाउँ सहर संवाददाता
- ३२ जेठ शुक्रबार, २०८१ | ०७:१८:०० मा प्रकाशित

काठमाडौं । नेपालमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०.२७ प्रतिशत रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९ / ८०) को तथ्याङ्कअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये २०.२७ प्रतिशत गरिबीको रेखामुनि रहेको पाइएको हो ।
नेपालमा ६५ प्रतिशत मजदुर/श्रमिकले दैनिक ज्यालादारीमा काम गर्ने गरेको पाइएको छ । प्रतिवेदनको मुख्य अंश गरिबीको तथ्याङ्क गत माघमै सार्वजनिक भएको थियो । गरिबीको नयाँ आधिकारिक रेखाअनुसार प्रतिवर्ष प्रतिव्यक्ति जम्मा खर्च ७२ हजार ९०८ भन्दा कम खर्च गर्ने व्यक्तिलाई गरिब अन्तर्गत वर्गीकरण गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
‘गरिबीको रेखाअनुसार नेपालमा करिब २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । गरिबीको दर सहरी क्षेत्र १८.३४ को तुलनामा ग्रामीण क्षेत्रमा धेरै २४.६६ रहेको देखिन्छ’, सार्वजनिक तथ्याङ्कमा भनिएको छ ।
त्यस्तै तथ्यांकअनुसार नेपालमा अझै पनि ६४.९ प्रतिशत श्रमिक वा मजदुरले दैनिक ज्यालादारीमा आफ्नो पारिश्रमिक बुझ्ने गरेको पाइएको छ । यसो हुनुमा एकातिर अर्थतन्त्रको ठुलो क्षेत्र अझैपनि अनौपचारिक रहनु र अर्को कृषिमा आधारित फर्म र काम धेरै हुनु मुख्य कारण मानिएको छ ।
दैनिक ज्यालादारीबाहेक मासिक तलब बुझ्न मजदुर/श्रमिकको हिस्सा २८.७ प्रतिशत रहेको प्रतिवेदनले औँल्याएको छ । ६.४ प्रतिशतले भने करार सम्झौताका आधारमा पारिश्रमिक बुझ्ने गरेको पनि तथ्याङ्कले देखाएको छ ।
नेपालमा पहिलो पटक २०५२/५३ सालमा नेपाल जीवनस्तर सर्वेक्षण सञ्चालन गरिएको र त्यसयता यो चौथो सर्वेक्षण सम्पन्न भइसकेको छ । सर्वेक्षणका अनुसार नेपालमा बेरोजगारी दर ४.७ प्रतिशत देखिन्छ । कुल जनसङ्ख्याको ३२.४ प्रतिशत हिस्सा भने कुनै न कुनै रोजगारीमा रहेको पाइएको छ । लेबर फोर्सका रूपमा नरहेको जनसङ्ख्या ६२.९ प्रतिशत छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस