प्रभु बैंक र सौराहाका १६ होटलबीच सम्झौता, भरतपुर भ्रमण वर्षमा ग्राहकलाई छुट
- गाउँ सहर संवाददाता
- २७ जेठ आइतबार, २०८१ | २१:४३:०० मा प्रकाशित

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
छुट्टाछुट्टै समारोहकबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साँग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आवद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थलका रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देवघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्य का रुपमा लिन सकिन्छ ।
विभिन्न देश तथा विदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, विभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र हो ।
सो सम्झौता बमोजिम ग्राहक तथा प्रभु बैंकका कर्मचारीका लागि आवासमा ८५ देखी १५५ तथा खाना तथा पेय पदार्थमा १० प्रतिशत देखी १५ प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस