बजेट भाषण मंगलबार १ बजे, कांग्रेसको बिरोधका बीच अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सर्वेक्षण
- गाउँ सहर संवाददाता
- १३ जेठ आइतबार, २०८१ | १३:४३:०० मा प्रकाशित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार सार्वजनिक गर्दै छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट आउने छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बोलाइएको बताए ।
उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्न सांसदहरूलाई अनुरोध गरेका छन् । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ ।
मंगलबार १ बजेसम्म दलहरुबीच सहमति नभए उक्त दिन पनि कांग्रेसको नाराबाजीबीच संसदमा बजेट पेस हुने सम्भावना छ ।
तर प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा सदनको गतिरोध अन्त्यको प्रयास भइरहेकाले बजेट वक्तव्यसम्म पुग्दा समझदारी जुट्ने विश्वास व्यक्त गरे ।
आफूले गतिरोध अन्त्यको प्रयास गरिरहेको उनको भनाइ छ ।
कांग्रेसको बिरोधका बीच अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सर्वेक्षण
काग्रेसकाे अवराेधबीच अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक सर्वोक्षण पेश गरेका छन् । सहकारी प्रकरणमा छानबिन समिति बन्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिरोध गरिरहँदा अर्थमन्त्री पुनले संसदमा आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।
संसदमा आर्थिक सर्वोक्षण पेश गर्दै मन्त्री पुनले कृषि र सेवा क्षेत्रमा भएको विस्तारले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले बढ्ने बताए । गण्डकी, बागमति र लुम्बिनी प्रदेशको आर्थिक वृद्धी राष्ट्रिय औषत भन्दा बढी हुने जानकारी दिए ।
प्रतिव्यक्ति आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेका मन्त्री पुनले राजस्व परिचालन ९ प्रतिशतले बढ्ने जानकारी दिए । आर्थिक सर्वेक्षण पेश गर्दै २०.२७ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखा मुनि रहेको जानकारी दिए ।
यस्तै, पुनले संसदमा हाल नेपालमा विद्युत जडित क्षमता ३ हजार ६० मेगावाट पुगेको, ९७ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको, ४१.६९ प्रतिशत वन क्षेत्र रहेको जानकारी दिए । यस्तै, पुनले आईतबार प्रतिनिधी सभाको बैठकमा सार्वजनिक संस्थान सम्बन्धी प्रतिवेदन समेत पेश गरे ।
पुनलाई संसद्को बेलमा जानबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोकेकोथियाे । तर, मर्यादापालकले उनलाइ आर्थिक सर्वेक्षण वाचन गर्न जान सहजीकरण गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस