खेल

लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

लेखनाथ । लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा यही बैशाख १४ र १५ गते चौथो संस्करणको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा मेन्स डबल्स ए लेभल, मेन्स डबल्स सि लेभल, मेन्स डबल्स भेट्रान्स र वमेन्स डबल्समा प्रतिश्पर्धा हुने खेल संयोजक राम बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा ए लेभल मेन्स डबल्समा प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ४१ हजार, २२ हजार र ६-६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उक्त विधाको सि लेभल तर्फ प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ३५ हजार, १८ हजार र ६-६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

यस्तै मेन्स डबल्स भेट्रान्सतर्फ प्रथम, द्वित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु ३० हजार, १६ हजार र ५-५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने महिला डबल्समा प्रथम, द्वित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु २५ हजार, १० हजार र ५-५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । प्रतियोगिता सम्पन्न गर्नक लागि करिव १२ लाख १५ हजार खर्च हुने र यसबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।

लेकसिटी ब्याडमिन्टन क्लबका अध्यक्ष शरण प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भविन पुन र खेल संयोजक राम बहादुर गुरुङले धन्यवाद सहित खेलको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत