१० अर्बभन्दा बढीको कर छलीमा मुद्दा
- गाउँ सहर संवाददाता
- १८ चैत आइतबार, २०८० | १८:२२:०० मा प्रकाशित
काठमाडौं । राजस्व अनुसन्धान विभागले पूर्ण विदेशी लगानी भएको कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ ।
अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीले उसको नेपाली कम्पनीलाई अफसोर डेभलपमेन्ट सेन्टर भनेको छ ।
कोटिभिटी नेपालले तीन तरिकाले कर छली गरेको पाइएकको दाबीसहित विभागले आइतबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
“कम्पनीले प्रचलित कर कानुनबमोजिम तिर्नु/बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्वसमेत दाखिला नगरी राजस्व चुहावट गरेको हो,” विभागले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
कसरी गर्यो कर छली?
कम्पनीले पटकपटक स्वामित्व परिवर्तन हुँदा पुँजीगत लाभ कर नतिरेको पाइएको राजस्व अनुसन्धान विभागले बताएको छ ।
भ्याट छुट नपाउने निर्यातमा भ्याट छुट लिएर पनि कम्पनीले कर छली गरेको विभागको भनाइ छ ।
भ्याट फिर्ता नपाउने कारोबारमा पनि कोटिभिटी नेपालले भ्याट फिर्ता लिएको पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार कम्पनीले भ्याट नै नतिरेको अवस्था भ्याट रिफन्ड लिएको छ ।
कम्पनीविरुद्ध पाँच अर्ब १८ करोड बिगोदाबी र पाँच अर्ब १८ करोड जरिवानासहित १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ मागदाबी गरेर अभियोग दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस