राजनीति
राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसकाे निर्णय
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण शनिबार, २०८० | १३:०३:०० मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनेभएको छ।
आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले उक्त निर्णय गरेको छ। तर उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ।
राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका विषयमा छलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको थियो।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले उम्मेदवारी दिने वा नदिने भन्ने विषयको टुंगो लगाएको हो।
यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस