अर्थ न वर्थ साेमबार चम्केकाे सेयर बजार मंगलबार साइजमा
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण मंगलबार, २०८० | १६:१८:०० मा प्रकाशित

काठमाडौँ । अर्थ न वर्थ साेमबार बढेकाे सेयर बजारमा मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । अघिल्लो दिन ११७ अंक बढेको नेप्से परिसूचक यस दिन भने ७० अंक घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ ।
कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो । म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचकहरु घटेका छन् । तीन समूहहरु हाइड्रोपावर, उत्पादन र अन्य समूह ४ प्रतिशतभन्दा धेरै घटे ।
बैंकिङ ३, विकास बैंक ३.६, फाइनान्स २.७, होटल तथा पर्यटन ३.७, हाइड्रोपावर ४.३, लगानी ३.४, जीवन बीमा ३.४, उत्पादन ४.२, माइक्रोफाइनान्स १.२, निर्जीवन बीमा २.६, अन्य ४.३ र ब्यापार समूह २.१ प्रतिशत घटे ।
गुराँस लघुवित्तको मूल्य ८.७, महिला लघुवित्तको ४.१, मोलुङ हाइड्रोपावरको ३.४ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बोटलर्स नेपाल तराईको मूल्य ९.४, प्रभु इन्स्योरेन्सको ८.६, बीपीडब्लू लघुवित्तको ८.३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
प्रतिकृया दिनुहोस