यस्ताे रह्याे मंगलबारकाे नेप्से
- गाउँ सहर संवाददाता
- ८ फाल्गुण मंगलबार, २०८० | १५:२१:०० मा प्रकाशित

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.७६ अंकले घटेर दुई हजार ३३ दशमलव ०६ विन्दुमा बन्द भएको हो ।
आज ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९० वटाको बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११,२६७.१० रुपैयाँ पुगेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूलय पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १७९८.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
- आज प्रतिनिधिसभाको बैठक बस्दै
- बेलिब्रिजको उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला, जोडियो राष्ट्रिय सडक सञ्जालमा
- ग्लोबल आईएमई समुन्नत योजना–२ को सार्वजनिक निष्काशन र बिक्री खुल्ला
- एएफसी महिला एसियन कप छनाेटकाे नजिक पुगरे चुक्याे नेपाल
- आज यी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान, सतर्कता अपनाउनु आग्रह
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
प्रतिकृया दिनुहोस