गाउँ सहर
एमाले महासचिव पोखरेल दुर्घटना परे
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | १७:३०:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल दुर्घटनामा परेका छन् ।
पाेखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो ।
दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै थिए । गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस