गाउँ सहर
एमाले महासचिव पोखरेल दुर्घटना परे
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | १७:३०:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल दुर्घटनामा परेका छन् ।
पाेखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो ।
दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै थिए । गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।
दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस