एसीसी वुमन्स प्रिमियर कपमा नेपालले भुटानलाई हराउँदै लगातार दाेस्राे जित
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | ०९:५१:०० मा प्रकाशित

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । मलेसियामा आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको जित दर्ता गरेको हो ।
टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोकेको थियो । नेपालले उक्त लक्ष्य १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
यस जितसँगै नेपालको २ खेलमा ४ अंक पुगेको छ । अब नेपालले मंगलबार समूह विजेता बन्न माल्दिभ्सको सामना गर्नेछ । आज अर्को खेलमा हङकङ र माल्दिभ्स खेल्दैछन् । उक्त खेलमा हङकङ विजयी भए नेपाल क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।
भुटानविरुद्ध नेपालको जितमा सीता राना मगरले नटआउट ३२ रन जोड्दै नेपाललाई जितसम्म डोर्याइन् । उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । रुविना क्षेत्रीले २४ बलमा १-१ चौका र छक्कासहित नटआउट १७ रनको योगदान दिइन् ।
त्यसअघि कविता कुँवर ५ र इन्दु वर्मा १ रनमा आउट भएका थिए । कवितालाई अन्जु गुरुङ र इन्दुलाई अन्जली घलेले आउट गरेका थिए ।
भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रनको योगदान दिइन् । नेपालबाट कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले १-१ विकेट लिएका थिए ।
समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस