गाउँ सहर
किसानलाई गुलेली र मटेंग्रा
- २६ माघ शुक्रबार, २०८० | ०८:२२:०० मा प्रकाशित
गुल्मी । गुल्मीमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादीका बाँदर पीडित किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरिएको छ । गाउँमा बाँदर आतङ्क बढेपछि यहाँका किसानलाई गुलेली र मटेङ्ग्रा प्रदान गरेको हाे ।
बाँदर धपाउनका लागि सबैको अठोटका साथ नेपाली काँग्रेस गुल्मीले उक्त गुलेली र मटेङ्ग्रा किसानलाई वितरण गरेको हो । सबल वडा, सक्षम टोल’ अन्तर्गत रहेर ग्वादीका किसानहरूलाई गुलेली र मटेङ्ग्रा वितरण गरिएको नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताए ।
स्थानीय ८१ वर्षीय चन्द्रमणी बरालले गुलेली र मटेङ्ग्रा पाएपछि खुसी हुँदै बाँदर धपाउन सजिलो हुने बताए । किसानहरूलाई गुलेली र मटेङ्ग्रा निःशुल्क रूपमा वितरण गरिएसँगै स्थानीय पार्टी र नेताहरू पनि किसानका समस्यालाई बुझेर घरदैलोमा आएको भन्दै खुसी व्यक्त गरे ।
प्रतिकृया दिनुहोस