माघ १५ देखि त्रिविमा शैक्षिक प्रमाणपत्र वितरणमा अनलाइन प्रणालीमार्फत
- गाउँ सहर संवाददाता
- २ माघ मंगलबार, २०८० | १९:१६:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेको छ ।
मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रकाशित गर्दै माघ १५ गते अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेका हुन् । परीक्षा नियन्त्रण कार्यालयको सेवा छिटो, छरितो बनाउन दुई सातादेखि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी यूनियनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । स्ववियूले सहमति, सम्झौताभन्दा पनि माग पूरा भएको ग्यारेन्टी भएमात्र धर्नालगायत विरोध र आन्दोलनको कार्यक्रम फिर्ता लिने जनाएको छ ।
मंगलबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट समेत दिइने सुविधा अनलाइन माध्यमबाट हुने निर्णय गरेको थियो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपी र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने परीक्षा नियन्त्रकले प्रतिबद्धता जनाएका छन् । शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते सार्वजनिक गरिने समेत कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयमा शैक्षिक प्रमाणपत्र प्राप्तिका लागि दिनभर लाइन बस्नुपर्ने, बैंकमा शुल्क बुझाउन पनि त्यस्तै लाइन खेप्नु पर्ने, शैक्षिक प्रमाणपत्रहरु प्राप्त गर्न हप्तौं कुर्नपर्ने, आवेदन दिन देशभरका विद्यार्थी केन्द्रीय र शैक्षिक कार्यालय नै धाउनु पर्ने लगायतका समस्या कायमै छन् । स्ववियूले विद्यार्थीलाई सुविधा हुने गरी कार्यालयले सेवा प्रवाह गर्नुपर्ने माग राखेको सचिव सिद्धान्त भट्टले जनाए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस