गाउँ सहर

पेट्रोल, डिजेल र मट्टितेल मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँले मूल्य घटाएको हो। 

अब पेट्रोलको मूल्य १६६ रुपैयाँ, डिजेल र मट्टितेलको १५६ रुपैयाँ भएको छ। भारतबाट घटेर आएकोले नेपालमा पनि मूल्य घटाईएको निगमले जनाएको छ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर ८३ पैसा घटेर आएको छ।

 

 

गाउँ सहर संवाददाता

तपाईँको मत