अर्थतन्त्र

अलैँचीको मूल्य प्रतिमन ८० हजार

विराटनगर । कोशीका पहाडी जिल्लाको मुख्य नगदेबालीमा पर्ने अलैँचीको मूल्य उत्साहजनक रूपमा बढेको छ । अलैँची प्रतिमन यति बेला ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

झण्डै दशकअघि प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । तर बिस्तारै घट्दै आएर प्रतिमन २० हजार रुपैयाँसम्म पुगेको थियो ।

यो वर्ष भने फेरि अलैँचीले राम्रो मूल्य पाउन थालेपछि किसान र व्यवसायीहरू उत्साहित बनेका छन् । अलैँची व्यवसायी महासंघ नेपालका अध्यक्ष निर्मल भट्टराईका अनुसार हाल अलैँची प्रतिमन ७८ देखि ८० हजार रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत