गाउँ सहर

रहेनन् रामेछाप कांग्रेसका युवा नेता श्रेष्ठ

काठमाडाैं । नेपाली कांग्रेस रामेछापका युवा नेता राजनारायण श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मंगलबार राती हृदयाघातबाट ५० वर्षको उमेरमा निधन भएको हो ।

रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापतिसमेत रहेका श्रेष्ठको मंगलबार आफैँले संचालन गर्दै आएको होटलमा राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली कांग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको अन्तिम दाहसंस्कार १२ गते बिहीबार पशुपतिमा गरिने प्रदेश सभापति श्रेष्ठले बताएका छन् ।

नेपाल विद्यार्थी संघको राजनिति बाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका श्रेष्ठ दुई पटक नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस रामेछापको १४औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाटै खाँडादेवी गाउँपालिका वडा नं ५ मा पनि वडाध्यक्षमा चुनाव लडेका थिए ।

०५६/५७ साल देखि नै होटल व्यवसायमा लागेका श्रेष्ठ हाल फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं हालका सल्लाहकार समेत रहेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत