खेल

१९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक, माघ ७ गते न्युजिल्याण्डसँग खेल्दै नेपाल

काठमाडाैं । १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह 'डी'मा परेको छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन् । नेपालले माघ ७ गते न्युजिल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

यस्तै, १० गते पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ । दक्षिण अफ्रिकामा हुने आईसीसीको युथ प्रतियोगितामा विश्वभरका १६ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् ।

हरेक समूहबाट शीर्ष तीनमा रहँदै सुपर सिक्समा पुग्ने राष्ट्रलाई दुई समूहमा बाँडिनेछ । दुई समूहबाट शीर्ष दुई टिमले अन्तिम चारमा स्थान पक्का गर्नेछन् । र फाइनलको यात्रामा अघि बढ्नेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत