एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर शुक्रबार, २०८० | ०७:५४:०० मा प्रकाशित

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टिमले पाकिस्तानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।
टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध नेपाली टिम देव खनालको कप्तानीमा मैदान उत्रिनेछ । नेपाली टोलीमा सियिनर टिमका नियमित अलराउन्डर गुल्सन झा समेत समावेश छन् ।
खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा सुरुहुनेछ ।
नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् । एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् ।
पाकिस्तानविरुद्ध एसिया कपमा बाबर आजम, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह जस्ता विश्वस्तरिय खेलाडीविरुद्ध खेलेका थिए । त्यसैले आजको खेलमा नेपाल गुलशनबाट धेरै अपेक्षा गरेको छ । उनी पाँचौं नम्बरमा खेल्नुको साथै प्रमुख बलरको रुपमा खेल्नेछन् । गुलशनले जिम्मेवारी लिनुपर्ने हुन्छ ।
कप्तान देवले पछिल्लो ९ महिनामा नेपाली यू१९ टोलीमा तीन शतक हानेका छन् । नेपालबाट यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी हुन् । नेपाली ब्याटिङका भविष्य मानिएका देवले कप्तानी इनिङ खेल्नुपर्छ । अर्जुन कुमाल अर्का आशालाग्दा ब्याटर हुन् । यू१९ टोलीमा उनले पनि दुई शतक हानेका छन् । यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध १ सय ४३ रन बनाएका थिए ।
उता पाकिस्तानका अरफत मिन्हासले तीन टि२० आई खेल खेलेका छन् । उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन् । बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन् । त्यस्तै तीव्र गतिका बलर मोहम्मद जिशान र अरफत पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् ।
गतवर्ष यी दुई खेलाडीले पाकिस्तानको टेस्ट टोलीमा स्थान बनाएका थिए । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने हुन्छ । आज हारेको खण्डमा बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपालले उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ ।
नेपालको बलिङ आक्रामणमा गुलशन, आकाश चन्द र हेमन्त धामी तीव्र गतिका बलर हुनेछन् । स्पिनरमा दीपेश कँडेल र सुभाष भण्डारी हुनेछन् । पाकिस्तान श्रीलंकासँग पाँच एकदिवसीय खेल खेलेर आएको हो ।
नेपाल सिनियर टोलीसँग चार खेल खेलेर गएको छ । आइसिसी एकेडेमी ओभल तीव्र गतिका बलरलाई बढी सहयोग मिल्छ । हरियो दुबे बढी हुँदा बिहान पहिला ब्याटिङ गर्दा सम्हाल्लेर खेल्नुपर्ने हुन्छ ।
नेपालको टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।
पाकिस्तानको टोली :
साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस