प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर बिहीबार, २०८० | १६:०१:०० मा प्रकाशित

काठमाडाैँ । प्राइम कमर्सियल बैंक कर्मचारी संघको मिति २०८० साल मंसिर १६ गते, शनिबार तेस्रो केन्द्रीय अधिवेशन काठमाडाैँमा सम्पन्न भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भूमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरे ।
सम्पन्न तेस्रो केन्द्रीय अधिवेशनबाट संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि संघमा आवद्ध रहेका बुद्धि राज पोखरेलको अध्यक्षतामा १३ (तेह्र) सदस्यीय र्निविरोध निर्वाचित हुनु भएको छ ।
उक्त केन्द्रीय समितिमा अध्यक्ष बुद्धीराज पोखरेल, उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रीय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रुचिमा लोप्चन् निर्विरोध निर्वाचित भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस