कला

आमा र प्रकृति 

  • मदन गुरूङ
  • १५ मङ्सिर शुक्रबार, २०८० | ०८:२६:०० मा प्रकाशित

मलाई 
आमा जस्तै लाग्छ प्रकृतिको 
सृष्टिहरु 

पोल्टामा
दु:ख लुकाएर मुस्कुराउने आमाहरु मुस्कुराए जस्तै लाग्छ 
प्रकृतिको सुन्दर  छटाहरु

हिँड्दै जाँदा 
भेटिने पहाड अनि हिमालहरु 
नविन संस्करणमा मुस्कुराएको पाउँदा 
हजारौँ आमाहरु मुस्कुराए झैँ लाग्छ 

समय बिचको 
एक्लोपनलाई अङ्गाल्न सिकाउने प्रकृति 
यस्तो लाग्छ सन्सारको तिनै तमाम आमाहरु हुन् 

महकिँदै 
आउने चिसो हावाको सुमसुम्याहट र स्पर्श पनि 
आमाले प्रेमले अठ्याएर केही भने जस्तै लाग्छ 

हो -
अरु कुनेै प्रेमले कहिले नदिएको 
स्वतन्त्रता 
एउटा इश्वर आमा र प्रकृतिले दिएको छ 
र त उ 
र त उनी 
र त म 
आमाको काखमा खुशी खोजे झैँ
खुशीहरुको शिला खोज्छौँ प्रकृतिको काखहरुमा !

तपाईँको मत