गाउँ सहर

महँगी ७.५ प्रतिशतले वृद्धि, खाद्य तथा पेय पदार्थकाे सबैभन्दा धेरै मूल्य बढ्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा महँगी ७.५ प्रतिशतले बढेको छ । गत वर्ष सोही महिनामा महँगी ८.५ प्रतिशत थियो ।

असोजमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ६.८१ प्रतिशत रहेको थियो ।

खाद्य पदार्थ अन्तर्गत सवैभन्दा धेरै मरमसलाको मूल्य ३७.६३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चिनी तथा चिनीजन्य बस्तुको मूल्य १८.२२ प्रतिशत फलफूलको मूल्य १४. ०२ प्रतिशत दुग्ध पदार्थको मूल्य ११. ९२ प्रतिशतले बढेको राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा उल्लेख गरिएको छ । समीक्षा महिनामा घ्यू तेलको मूल्य ११. ६१ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत