ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग
- गाउँ सहर संवाददाता
- २२ कार्तिक बुधबार, २०८० | ०६:५८:०० मा प्रकाशित
काठमाडाैँ । कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँगको समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ । सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भुकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको छ । उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो ।
ज्योति विकास बैंकले जाजरकोट स्थित शाखा मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा समन्व्य र सहयोग गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दिर्घकालिन र दिगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंक नागरिकको आवश्यकता अनुरुप आवश्यक सहयोग गर्दै आएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउने कार्यलाई ज्योति विकास बैंकले निरन्तरता प्रदान गर्दै आएको छ ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
प्रतिकृया दिनुहोस