आज टीकाकाे दिन माैसम यस्ताे छ, ठाउँ हेरेर तयारी गर्नुहाेला
- गाउँ सहर संवाददाता
- ७ कार्तिक मंगलबार, २०८० | ०५:००:०० मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले दसैंको टीकाको दिन देशभरको पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा चट्याङ्गसहितको वर्षाको पूर्वानुमान गरेको छ ।त्यसैगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एक दुई स्थानमा हल्का सम्भावना रहेको छ ।
विभागका अनुसार २०८० कार्तिक ०७ गते (मंगलबार), दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस