दुई पटक विज्ञापन गर्दा पनि ‘मेडिकल अफिसर’ मा कुनै आवेदन परेन
- गाउँ सहर संवाददाता
- २१ असोज आइतबार, २०८० | १२:२४:०० मा प्रकाशित
तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मेडिकल अधिकृतका लागि दुई पटक विज्ञापन गर्दा पनि कुनै आवेदन परेन । करारमा मेडिकल अधिकृत नियुक्ति गर्नका लागि आबेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए ।
चार जनाको लागि विज्ञापन गर्दा पनि आवेदन नपर्दा अहिले विद्यमान सीमित चिकित्सकले सेवा दिनुपरेको उनको भनाइ थियो।
पचास शैप्याको उक्त अस्पतालमा एकसय ५० जनाका लागि सेवा सञ्चालन हुँदै आएकामा अब दुई सय शैप्या बनाउनका लागि प्र्रदेश सरकारले कसरत थालेको छ । डायोलाइसिस तथा प्रसुतिलगायत सेवामा अझै पनि जनशक्ति अभाव छ । जनशक्ति अभावकै कारण आईसियु सेवा सञ्चालन गर्न सकिएको छैन । आईसियुका लागि करिब थप १० बेड चाहिन्छ ।
यसैगरी छ मेडिकल अधिकृत, १९ नर्सिङ, छ कार्यालय सहयोगी पनि चाहिने निमित्त मेसु अधिकारीले बताए । उपकरण भएपनि जनशक्ति अभाबकै कारण उक्त सेवा सञ्चालन गर्न नसकिएको उनको गुनासो थियो ।
दैनिक एक सय बिरामीलाई धान्न सक्ने मात्रै जनशिक्ति हुँदा पनि दैनिक छ सय विरामी आउने गरेका उक्त अस्पतालमा हाल कन्सलटेन्ट १४, मेडिकल अफिसर २५, स्टाफ नर्स ६८ जना कार्यरत छन् ।
प्रदेशअन्तर्गत रहेकाले यो अस्पताललाई आगामी मन्त्रीपरिषद्को बैठकबाट दुईसय शैप्यामा पुर्याउन प्रयास भइरहेको प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस