एमाले गण्डकीको अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ निकट नवराज शर्मा विजयी
- गाउँ सहर संवाददाता
- १९ असोज शुक्रबार, २०८० | ०८:१६:०० मा प्रकाशित
पोखरा । नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
शर्माले ५ सय ३१ मत पाउँदा र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा (पीएस) गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो ।
पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको छ । उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् ।
गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे । सचिवमा धनन्जय दवाडीले ५ सय २० मत लिएर विजयी भए । प्रत्यासी रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
बिहिवार भएको मतदानमा ८ सय ९६ मत खसेको थियो । ३३ वटा विद्युतीय मेसिनमार्फत मतदान भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
प्रतिकृया दिनुहोस