गाउँ सहर

अस्पतालको प्राङ्गणमै सुत्केरी गराइयाे

  • १६ असोज मंगलबार, २०८० | १७:५६:०० मा प्रकाशित

बझाङ । बझाङमा एक गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमा सुत्केरी गराइएको छ। मंगलबार दिउँसो भूकम्प गएको बेलामा तलकोट गाउँपालिका–१ की ती महिलालाई अस्पतालको प्राङ्गणमै सुत्केरी गराइएको हो। 

‘लगातार भूकम्प जान थालेपछि भवन हल्लिन थाले, सबै बिरामीलाई हामीले भवन बाहिरि राख्यौँ,’ जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिडेन्टेन्ट डा. इन्द्र शाहले भने, ‘उहाँलाई ब्यथा लागिसकेको थियो, प्राङगणमै सुत्केरी हुनुभयो।’

उनका अनुसार आमा र बच्चाको अवस्था सामान्य छ।

मंगलबार चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले बझाङमा ठाउँ ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

जमिन चिरा परेको छ। भूकम्पपछि त्रसित स्थानीय डरले घर बाहिरै बसेका छन्। अहिलेसम्म मानविय क्षतिको पूर्ण विवरण आएको छैन।

जिल्ला अस्पताल बझाङमा भूकम्पबाट घाइते भएका ५ जना उपचारका लागि भर्ना भएका छन्।

तपाईँको मत