‘ई’ ८ दिनदेखि उभिएर धर्नामा, स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा आयोगको ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- १० असोज बुधबार, २०८० | १५:१२:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले आठ दिनदेखि काठमाण्डाैकाे राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज बुधवार विज्ञप्ति निकालेर साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाका बारेमा ध्यानाकर्षण भएको जनाएको हो । आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिजो मङ्गलवार स्थलगत अनुगमन गरे ‘ई’ र उनका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको थियो ।
रातिको १२ बजेदेखि बिहान ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, ‘ई’ का दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, औषधि सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।
त्यस्तै महानगरपालिकाले यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेका छन् । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।
‘ई’ ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने विषय मानव अधिकार र संविधानमा भएको पेसा रोजगारीको हकसँग पनि जोडिएकाले तत्कालै उहाँका माग पूरा गर्न आयोगले नेपाल सरकार र काठमाण्डौ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । साथै आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न पनि आयोगले ‘ई’ लाई आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस