गाउँ सहर

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेस अध्यक्षबीच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र * चिनियाँ जनकंग्रेसका अध्यक्षका भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आजै समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उक्त भेटमा बीआरआई सम्बन्धी सम्झौता कार्यान्वयन, व्यापारिक सन्धि पुनरावलोकनका साथै ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका विषयमा छलफल भएको बताइएको छ । उक्त छलफलपछि केही सहमति पत्रमा दुवै देशका अधिकारीहरुबीच हस्ताक्षर गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हाङजाउ सहरमा भएको भेटमा भएको कुराकानीका आधारमा सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको औपचारिक भ्रमणका लागि हाङजाउ सहरमा पुगेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत