गाउँ सहर
नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का विजयी, कति मत पाए ?
- ६ असोज शनिबार, २०८० | १७:२२:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् ।
क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका छन् । खड्काले ११ मतान्तरले विजयी भएका हुन् ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् । क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।
पदाधिकारीमा सचिव र खुला सदस्य तथा प्रदेश सदस्यका लागि निर्वाचन भएको हो ।
प्रतिकृया दिनुहोस