नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
- ६ असोज शनिबार, २०८० | ११:१०:०० मा प्रकाशित

काठमाडौँ । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाे थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।
चन्दककोविरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । भण्डारीले आफ्नो प्रस्तावक र समर्थक दुबै नपाएपछि हटेका हुन् ।
यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।
नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् ।
प्रतिकृया दिनुहोस