गाउँ सहर
मुगुमा आगलागी, ६ घर नष्ट
- ६ असोज शनिबार, २०८० | ०७:३७:०० मा प्रकाशित

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन्। शनिबार बिहान करिब १ बजे आगलागी भएको हो।
विजय होटल रहेको प्रदीप रावल र पुतली मल्लको एउटै छाना भएको घरबाट आगलागी सुरु भएर अन्य घरमा पनि सल्किएको प्रहरीले जनाएको छ।
आगलागीबाट प्रदीप रावल, पुतली मल्ल र सान्तोना खत्रीको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। मानवीय क्षति भएको छैन।
अधिकांश काठैकाठले बनेका उक्त घरहरूमा रहेका कम्प्युटर पसल, कपडा पसल, मोबाइल पसल, टेलर पसल र हेएर कटिङलगायत अन्य खुद्रा पसलका सम्पूर्ण सामान जलेका छन्।
आगलागी नियन्त्रण गर्न जोडिएको अर्को एक स्थानीयको घर भत्काइएको छ। उक्त घर पुरै क्षति भएको प्रहरीले जनाएको छ।तस्बिर-कविराज कार्की
प्रतिकृया दिनुहोस