नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर
- गाउँ सहर संवाददाता
- ४ असोज बिहीबार, २०८० | ०८:१७:०० मा प्रकाशित
न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।
राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०-३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।
यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
प्रतिकृया दिनुहोस