लिटल फ्लावरमा तीज गीत प्रतियोगिता
- गाउँ सहर संवाददाता
- २९ भदौ शुक्रबार, २०८० | १६:५३:०० मा प्रकाशित

लेखनाथ । हरितालिका तीज २०८० को अवसरमा पोखरा-२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा अतिरिक्त क्रियाकलाप अन्तर्गत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका इञ्चार्ज रामप्रसाद अधिकारीले स्वागत एवम् शुभकामना प्रदान गरेको उक्त प्रतियोगिता शिक्षक लक्ष्मी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कक्षा ३ देखि १० सम्मका दश समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा कक्षा सात क समूहले प्रथम स्थान हासिल गरेको छ । यसै गरी कक्षा दशको समूहले दोश्रो स्थान हासिल गर्न सफल भयो भने कक्षा चारको समूहले तेश्रो पुरस्कार प्राप्त ग¥यो । कक्षा ३ ले प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।
विजयी समूहलाई पुरस्कार वितरण गर्देै विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता सम्पन्न गरिएको प्रिन्सिपल विकल पौडेलले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा नृत्य प्रशिक्षक मिलन तामाङ सहित शिक्षकहरु लक्ष्मी गुरुङ र विष्णुहरि पौडेल रहेका थिए ।
५९ औं अन्तराष्ट्रिय बाल दिवसको वारेमा माध्यमिक तह इञ्चार्ज रामकृष्ण आचार्यले आफ्ना भनाइ राखेका थिए ।
प्रतियोगिताको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपानेले गरेका थिए ।
सॉस्कृतिक पहिचानको रुपमा तीज मनाऔं भन्ने उद्देश्यका साथ प्रतियोगिता पश्चात् तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस