काठमाडौँ र ललितपुरका यी क्षेत्रमा शनिबार साढे ८ घन्टा विद्युत अवरूद्ध हुने
- गाउँ सहर संवाददाता
- १५ भदौ शुक्रबार, २०८० | १०:००:०० मा प्रकाशित
काठमाडाैँ। शनिबार काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।
टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी. मा चार्ज गर्नेगरी कार्य भइरहेको छ।
शनिबार के-थ्री सबस्टेसन र त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरुबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ।
प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने जानकारी दिएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको अवरोधले चल्न सकेन संसद्, जेठ ३ गतेसम्मलाई स्थगित
- हेर्दाहेर्दैमा सन्दीपविरुद्धको मुद्दा, फैसला भोलि नै आउन सक्ने
- आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- राष्ट्रिय वाणिज्य बैंककाे यस्ताे छ नयाँ व्याजदर प्रतिशत
- नीति तथा कार्यक्रम : कृषि लगानी दशक घोषणा
- नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (LIVE)
- मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित
- कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
- एशियन लाईफले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
- ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’
प्रतिकृया दिनुहोस