किन धारण गरिन्छ जनै ? यस्ताे छ धार्मिक एवं सामाजिक कारण
- गाउँ सहर संवाददाता
- १४ भदौ बिहीबार, २०८० | १०:३१:०० मा प्रकाशित

काठमाडाैँ । श्रावण शूक्ल पूर्णिमाकाे दिन जनैपूर्णिमा वा रक्षाबन्धनको नामले प्रचलित छ । बाँयाबाट दाँया काधमा काँचो धागोको डोरी लगाउने गर्छन् । यो धागोलाई जनै भनिन्छ । जनै धार्मिक कारणले महत्वपूर्ण मानिन्छ । बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ । खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ ।
जनै लगाउने कुरा उप्कायो भने हिजोआजका सनातनी युवाले भन्ने गर्छन्– जिउमा फाल्तु धागो किन लगाउने ? धागो लगाउँदा के पाइन्छ ? हिन्दू धर्ममा जनैको विशेष स्थान छ तर अब यसका वैज्ञानिक कारणबारे पनि खोज अनुसन्धान गरिएको छ ।
जनैको निर्माण काँचो धागो जोडेर हुन्छ जसमा तीन फेरो हुने गर्छ । तीन फेरोलाई क्रमशस् ब्रह्मा, विष्णु र महेशको प्रतिक मानिन्छ । धार्मिक दष्टिबाट जनै धारण गर्नाले शरीर शुद्ध र पवित्र मानिन्छ ।
शास्त्र अनुसार दाहिने कानमा आदित्य, वसु, रुद्र, वायु, अग्नि, धर्म, वेद, आप, सोम र सूर्य लगायतका देवताहरू बस्छन् । त्यसैले दिशापिसाबको बेला जनै दाहिने कानमा राख्दा राखिन्छ ।
दिशापिसाब पछि जब हातगोडा धोएर मुख कुल्ला गरिन्छ तब मात्र जनै कानबाट निकाल्नुपर्छ । यसो गर्नुको अर्थ शरीरमा नाइटोमाथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ तर नाइटोमुनिको भाग भने अपवित्र मानिन्छ ।
दाहिने कानलाई जननेन्द्रिय र अण्डकोषको अभिन्न सम्बन्ध रहेको हुन्छ । पिसाब फेर्दा वीर्यपतनको पनि सम्भावना हुन्छ । त्यसैले पिसाब गर्दा जनैलाई कानमा घुसारेमा वीर्यनाश हुन पाउँदैन । त्यति मात्र होइन लगातार स्वप्नदोष भयो भने पनि दाहिने कानमा जनै बेर्दा समस्या समाधान हुने विश्वास छ ।
दिसापिसाब गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नुपर्छ । कानको पछाडि हुने दुईवटा नसाको सम्बन्ध आन्द्रा हरूसँग हुन्छ । यसरी कानको नसा कस्दा आन्द्रामा दबाब पर्छ र दिसा सहजै निस्कन्छ । त्यति मात्र होइन कब्जियत, अम्लीयता, पेटका रोग, पिसाबसम्बन्धी रोग, रक्तचाप समस्या, मुटुरोगहरू लाग्न पाउँदैनन् । मलमूत्र त्यागेपछि तत्कालै जनै कानबाट खोल्नुहुँदैन । पहिला आफू राम्ररी सफा हुनुपर्छ अनि मात्र जनै उतार्नुपर्छ । यो सफाइले व्यक्तिलाई रोगबाट पनि बचाउँछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस