नेशनल प्याब्सन काठमाडौंको सचिवमा सेढाईंको उम्मेदवारी
- गाउँ सहर संवाददाता
- १२ भदौ मंगलबार, २०८० | १८:२५:०० मा प्रकाशित

काठमाडाैं । भाद्र २६ गते हुन गईरहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) को ८ औं जिल्ला अधिवेशनमा जिल्ला सचिव पदको उम्मेदवारी पिपल्स एकेडेमी सीतापाईलाका प्रिन्सीपल रामवावु सेढाईले घोषणा गरेका छन् ।
सातौं अधिवेशनबाट सह-सचिव पदमा निर्वाचित सढाई विभिन्न संघ- संस्थामा आवद्ध भई कार्य गरिरहेका छन् । धार्मिक एवं सामाजिक व्यक्तित्व सेढाई नेशनल प्याब्सन नागार्जुनका संस्थापक अध्यक्ष पनि हुन् ।
Centre for Academic Development (CAD, Nepal) का पूर्व अध्यक्ष सेढाई श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल काठमाण्डौ जिल्ला अध्यक्ष पनि हुन् ।
विगत १७ बर्ष देखि नेशनल प्याबसनका विभिन्न पदमा बसी कार्य गर्नु भएका रामवावु सेढाई अति शालिन भद्र व्यक्ति भनेर चिनिन्छन् । समाजमा व्याप्त शैक्षिक अराजकता, विद्यार्थीहरूमा घट्दै गईरहेको नैतिकता आचरणमा सुधार गर्दै संस्थागत विद्यालयहरूलाई व्यवस्थित र राष्ट्र प्रति इमान्दार भई बढ्न र बढाउन पनि उनको उम्मेदवारी आवश्यक रहेको भन्दै आफूलाई सचिव पदमा जिताउन अपिल गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस