गाउँ सहर

नारायणगढ-मुग्लिन सडककाे पहिराेले हिजाेदेखि बाटाेमा यात्रु अलपत्र, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

काठमाडाैं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोला नजिकै सुक्खा पहिरो गएको छ । पहिरोका कारण हिजो बेलुका ८ बजेदेखि सडक बन्द छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अनुसार सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको छ । दश घण्टादेखि सडक अवरुद्ध हुँदा धेरै गाडी रोकिएका छन् । यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय गरी काम भइरहेको छ । सडक खुलाउन अझै केही समय लाग्नेछ । यो सडक पहिरोका कारण पटक पटक बन्द हुँदै आएको छ । ट्राफिक प्रहरीले सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध पनि गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत