श्रम बैंकमा आबद्ध हुन काठमाडाैं महानगरपालिकाले आवेदन खुलायो
- गाउँ सहर संवाददाता
- ४ भदौ सोमबार, २०८० | १३:१८:०० मा प्रकाशित

काठमाडौँ । रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन काठमाडौँ महानगरपालिकाले सूचना प्रकाशन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ । यो नीति कार्यान्वयनका लागि सूचना प्रकाशन गरेको हो । यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ ।
महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षको लागि काम गर्न इच्छुक व्यक्तिले http://kathmandu.gov.np/ मा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैङ्कमा आवद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ । यसपछि खुल्ने पेजमा सूचनाको व्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन् । आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ । अनुसूची लेखिएको फाइल आवेदन भर्ने फाराम हो । यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवनको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवसण भर्नुपर्छ । फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ । यो फाराम डाउनलोड गरेर भर्न सकिनेछ । भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् ।
श्रम वैङ्कमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसेको हुनुपर्छ । किनभने काम गर्न बोलाउने बेला आउन सक्नुपर्छ । आवेदकका विषयमा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए ।
महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइनेछ ।
यसबाट महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिनेछ । यसले वेरोजगार रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ । श्रम संस्कृतिको विकास गर्छ । यस्तै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस