कोशीका नवनियुक्त मुख्यमन्त्री थापाद्वारा शपथ, असंवैधानिक भन्दै एमाले सर्वोच्च अदालतमा
- गाउँ सहर संवाददाता
- २२ असार शुक्रबार, २०८० | १२:४९:०० मा प्रकाशित

मोरङ । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरिरहँदा नेकपा एमाले भने नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा पुगेको छ ।
थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गसाएका हुन् । मुख्यमन्त्री थापाले कांग्रेसका प्रदीपकुमार सुनुवार, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को कार्य विभाजनपछि हुने जनाएको छ ।
उता सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमालेले अदालतको ढोका ढकढक्याएको हो ।
कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार सर्वोच्च अदालतमा केहीबेरमा निवेदन दर्ता हुँदैछ । एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा (एकीकृत समाजवादी)का ४, जनता समाजवादी पार्टीको एक र प्रदेशसभा सदस्यको हैसियतमा सभामुख बाबुराम गौतम गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।
एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्राप्त प्रतिक्रिया
कित संसद भङ्ग कित संसद अबराेध कित सर्बाेच अदालथ याे भन्दा अर्काे गर्दैन एमाले
प्रतिकृया दिनुहोस