नरेनको भट्टकाे शतकमा नेपालले दियाे मलेसियालाई २५३ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- १९ असार मंगलबार, २०८० | ०९:५६:०० मा प्रकाशित

काठमाडाैं । नरेन भट्ट शतकसहितकाे उत्कृष्ट प्रदर्शनबाट नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियालाई उपाधी जित्न २ सय ५३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपापालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनायो ।
नेपालका लागि नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय निरज यादव र सुर्यांशु कोईरालाले ४४ बलमा ४१ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । यादवले ४९ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाए । कोईरालाले २३ बलमा १८ रन बनाए ।
दोस्रो विकेटका लागि नरेन भट्ट र निरजले ५५ बलमा ५५ रनको महत्वपर्ण साझेदारी गरे । तेस्रो र चौथो विकेटका लागि उल्लेखनिय साझेदारी हुन सकेन । पाँचौं विकेटका लागि सन्तोष यादव र नरेन भट्टले ७६ बलमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो याेगफल बनाउन सघाए ।
सन्तोष यादवले २९ बलमा २ चौकाको सहयोगमा २६ रनको योगदान गरे । अशोक धामीले ७ बलमा १ छक्का सहित १२ रन बनाए ।
मलेसियाका लागि मुहम्मद अक्रमले ३ तथा अरेन अकील र मुहम्मद फदुलले समान ११ विकेट लिए ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । मलेसियाले भने हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस