अदालत अगाडि विरोधमा कानून व्यवसायी
- गाउँ सहर संवाददाता
- १८ असार सोमबार, २०८० | १४:०८:०० मा प्रकाशित

काठमाडाैं । कानून व्यवसायीहरूले जिल्ला अदालत, ललितपुर अगाडि प्रदर्शन गरेका छन्। उनीहरूको प्रदर्शनका कारण कामकाज प्रभावित भएको छ।
कानून व्यवसायी अमिर लामिछानेले उच्च अदालत, पाटनमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेका थिए। हातपात गर्ने अधिवक्ता लामिछाने विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ।
अधिवक्ता लामिछानेलाई आइतबार पक्राउ गरिएको थियो। उनलाई सोमबार तारेखमा छोडिएको छ।
यसको विरोधमा कानून व्यवसायी प्रदर्शनमा उत्रिएका हुन्। नेपाल बार एशोसिएशनको आह्वानमा कानून व्यवसायीले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सर्वोच्च बार एशोसिएशन, काठमाडौं जिल्ला अदालत बार एकाइ, ललितपुर जिल्ला अदालत बार एकाइ, भक्तपुर जिल्ला अदालत बार एकाइ, काभ्रे जिल्ला अदालत बार एकाइ, विशेष अदालत बार एकाइ, पाटन उच्च अदातल बार एकाइको सहभागिता छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस