गाउँ सहर

समयक सन्देशको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार सम्पन्न

काठमाडाैं । बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देश राष्ट्रिय द्वेमाशिकको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएकाे छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइको प्रमुख आतिथ्यता तथा बौद्ध अध्येता एवं सम्यक संदेशका सल्लाहकार श्यामलाल चित्रकारको सभापतित्व एवं चारुमती बुद्ध विहार प्रमुख भिक्षु तपस्सीधम्म महास्थविरको बिशेष आतिथ्यताका साथै बौद्ध बिद्वान तथा सम्यक संदेशका सल्लाहकार प्रा.डा. बज्रराज शाक्य, भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट सम्मानित वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार,तथा परियत्ति अभियन्ता अमिता धाख्वा, साहित्यकार समालोचक एवं पद्मकन्या क्याम्पसका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली नेपाल भाषा एकेडेमीका सदस्य एवं समालोचक पूर्णकाजी ताम्राकार, इमेज टेलिभिजनकी उपाध्यक्ष एवं समाजसेवी इन्दिरा मानन्धर सम्यक संदेशका सल्लाहकार डा. लक्ष्मण शाक्य, नेपाल सूनचाँदी ब्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बोधि टेलिभिजनका सरु तुलाधर, सम्यक संदेशका सल्लाहकार कृष्णबहादुर श्रेष्ठको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइले भगवान बुद्ध बिश्वकै लागि शान्ति करुणा दयाका प्रतिमूर्ति रहनुका साथै सुसंस्कृत सभ्यताका प्रतिमूर्ति रहेको उल्लेख गर्दै आफू किराँती धर्म सम्प्रदायको रहेता पनि भगवान बुद्धप्रति उत्तिकै आदरभाव र सम्मान रहेको बताउँदै यस्तो गरिमामय कार्यक्रमको प्रमुख अतिथिको रुपमा भूमिका निभाउन पाउँदा छोटो समयमै आफ्नो चारबर्षे पुरै कार्यकालको महत्वपूर्ण भूमिका निभाएको जस्तो अत्यन्त खुशी लागेको कुरा ब्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानले सबैसँग समन्वय गरि बुद्ध दर्शनका बारेमा अध्ययन अनुसन्धान गरि सामग्री प्रकाशनका लागि सघाउ पुर्याउने बचनबद्धता ब्यक्त गरे ।

कार्यक्रममा सम्यक संदेशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ द्वारा शुभकामना मन्तव्यका ब्यक्त गरिएको थियो । स्वागत मन्तव्यकाक् क्रममा अध्यक्ष भेटुवालले सम्यक संदेशको गतिविधि बारे प्रकाश पार्दै आफूले कठिन परिस्थितिमा पाएको जिम्मेवारीको चर्चा गर्दै पत्रिकालाई यहाँ सम्म ल्याइ पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने सुभेक्षुक, सहयोगी, विज्ञापनदाता, लेखक साहित्यकार हरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो सद्भावनाको निरंतरताको कामना गर्द उपस्थित महानुभावहरुलाई स्वागत गरिएको थियो । साथै कार्यक्रमका बिशेष अतिथि एवं चारुमति बुद्ध बिहारका प्रमुख भिक्षु तपस्सिधम्म महास्थविरद्वारा पन्चशील पाठ गरिनुका साथै आशीर्वचन प्रदान गरिएको थियो ।

नेपाल भाषा एकेडेमीका सदस्य तथा समालोचक पूर्णकाजी ताम्राकारले सुभेक्षा मन्तव्य ब्यक्त गर्ने क्रममा समाजमा देखिएको मानवीयता ह्रास एवं बिचलन साथै अशान्ति र हिंसात्मक अवस्थाका क्रममा आएको बिचलन, एवं कोलाहलपूण बातावरणकाबीच २६ सय वर्षअघि वैज्ञानिकता सहितको, शान्ति करुणा र मैत्रीका लागि बुद्धले जुन शान्ति र ज्ञानको खोज गरे त्यो शान्तिको आवश्यकता अहिले पनि बढेर गएको बताएका छन् ।

यसैगरि मन्तव्यका क्रममा समालोचक एवं पद्मकन्या कलेजका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली ले दर्शनका प्रसंग उल्लेख गर्दै बुद्धका ज्ञानको खोजी, दया करुणा र क्षमाशीलता एवं बटवारा हुने आर्जनको भन्दा जति बाँढे पनि नसकिने बरु बढ्दै जाने ज्ञानको खोजको रुपमा रहेको बुद्धको त्याग तपस्या र ज्ञानको महिमाका बारेमा चर्चा गर्दै भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट सम्मानित भएका दुई ब्यक्तित्व वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार र परियत्ति अभियन्ता अमिता धाख्वाका बारेमा संक्षिप्त प्रकाश पारेका छन् ।

कार्यक्रममा नेपाली थेरबादी बुद्ध दर्शनका बारेमा लेखन अनुसंधान गरि बिशिष्ट योगदान पुर्याएबापत बरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार तथा बुद्ध धर्म,संस्कृति सम्पदा अध्ययन अध्यापन गरि बौद्ध संस्कृति र सम्पदाका बारेमा पुर्याएको योगदानको मूल्यांकन गर्दै परियत्ति अभियन्ता अमिता धाख्वालाइ क्रमशः पच्चिस सय नगद राशिसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।

कार्यक्रममा सम्मानित ब्यक्तित्व अमिता धाख्वाले आफूले बुद्ध दर्शन साहित्यमा निरन्तर रुपमा लेखन अनुसनधान गरिरहँदा कुनै मान सम्मानको आसा नगरिरएको उल्लेख गर्दै सम्यक संदेशको सातौँ वार्षिकोत्सवका अवशरमा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट आफू सम्मानितहुन पाएकोमा हार्दिक आभार ब्यक्त गर्दै थप जिम्मेवारीको महसुस गरिएको बताएकी छन् । अर्का सम्मानित ब्यक्तित्व घनश्याम राजकर्णिकारले भिक्षु अश्वघोषले जीवनकालमा समेत आफूलाई अत्यन्त माया गर्ने प्रसंग उल्लेख गर्दै मृत्यु पर्यन्त उहाँकै नामबाट स्थापित पुरस्कार प्राप्त गरेर उहाँको म प्रतिको त्योप्रेम सद्भाव र सुभेक्षा कायम नै रहेको महसुस गरेको बताउँदै आफ्नो जिम्मेवारी थप बढेर गएको बताउँदै पुरस्कार प्राप्तिका लागि आभार ब्यक्त गरेका छन् ।

कार्यक्रममा सम्यक संदेशका सुभेक्षुक सहयोगी १८ ब्यक्तित्वहरुलाई सम्मान अर्पित गरिएको थियो सम्मानित हुने ब्यक्तित्वहरु क्रमशः प्रा. डा.बज्रराज शाक्य, सावित्री चित्रकार, इन्दिरा मानन्धर, तेजरत्न शाक्य बोधि टेलिभजन टेकु काठमाण्डू, काजीरत्न शाक्य, तिर्थराज बज्राचार्य, उद्योगरत्न तुलाधर, हेमचन्द्र बज्राचार्य, पूर्णमान चित्रकार, आनन्द शाक्य, कर्मलाल महर्जन, अमृतमान ताम्राकार बिष्णु बिकल्प शाक्य, कल्पना तुलाधर, प्राकाशमान शाक्य, कृष्ण बहादुर श्रेष्ठ, बिना श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा चारुमति बुद्ध बिहार प्रमुख भिक्षु तपस्सिधम्म महास्थविरले ब्राह्मण समुदायमा जन्मिएर पनि सम्यक संदेश मार्फत बौद्ध दर्शन र बुद्ध धर्मको प्रचारमा अहोरात्र खटेर महत्वपूर्ण भूमिका निभाएका सम्यक सन्देशका अध्यक्ष दीपक भेटुवाल 'दीपसागर' को खुलेर प्रशंसा गर्दै सआफूले समेत पटक पटक चिबर छाड्न खोजेको र उक्त समयमा भिक्षु अश्वघोषले आफूलाई मर्गनिर्देशित गरि चिबर नछाड्न सम्झाउनु भएकोले आज आफ्नो भिक्षु जीवन नै चार दशक नाघिसकेको उल्लेख गर्दै नेपालमा बौद्ध इतिहासका बारेमा प्रकाश पारेक छन् । प्रकाश समीर द्वारा संलालन गरिएक उक्त कार्क्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

तपाईँको मत