एकीकृत समाजवादीकाे हिसाबकिताब सार्वजनिक कति छ पैसा ?
- गाउँ सहर संवाददाता
- १९ जेठ शुक्रबार, २०८० | १२:३८:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो ।
पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिट ब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी.डी. अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस