राप्रपा कास्कीले मनायो स्थापना दिवस
- गाउँ सहर संवाददाता
- १६ जेठ मंगलबार, २०८० | ०८:०१:०० मा प्रकाशित

पोखरा । गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि मागी खाने भाँडो भएको बताए ।
यो गणतन्त्र दलाल भ्रष्टहरुका लागि मागी खाने भाँडो भएको भन्दै काँग्रेस, एमाले र माओवादी लगायतका दललाई देशको चिन्ता नभएको बताए ।
नागरिक सच्चिएर परिवर्तनको बाटो तर्फ अग्रसर हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पार्टीलाई बलियो बनाउन केन्द्र देखि वडा तहको संरचनालाई बलियो बनाउनुपर्ने भनाई उनको छ ।
गण्डकी प्रदेश सांसद विन्दु पहारीले गणतन्त्र पार्टीको सिद्धान्त विपरित भएको बताइन् । उनले जाती र धर्मका नाममा अहिले देश टुक्राउने खेल भएको उल्लेख गरिन् । “जाती र धर्मका नाममा देश टुक्राउने खेल भएको छ । यसमा हामी सचेत हुनुपर्छ । देश जोगाउने जिम्मेबारी अब राप्रपाको काँधमा आएको छ । सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।”
राप्रपाका केन्द्रिय सदस्य डा.महेन्द्र बहादुर कार्कीले गणतन्त्रवादीहरुलाई राष्ट्रबाट लखेट्नुपर्ने बताए ।
केन्द्रिय सदस्य जयलाल पुनले काँगे्रस, एमाले र माओवादी विदेशको एजेण्ट भएको उल्लेख गरे ।
महिलाहरुको प्रतिनिधित्व गर्दै सुशिला केसी अधिकारीले देशमा राजा किन भन्ने विषयलाई युवाहरु माझ लानुपर्ने आवश्यकता रहेको बताइन् । युवाहरुको प्रतिनिधित्व गर्दै राप्रपाका केन्द्रिय सदस्य अर्जुन खनालले गणतन्त्रका मतियारहरुले राष्ट्रियता माथि प्रहार गर्दै आज गणतन्त्र दिवस मनाएको बताए ।
राप्रपा पोखरा महानगरपालिकाका अध्यक्ष महेश्वर आचार्यले २०८४ को आम निर्वाचनमा दुई तिहाई ल्याएर राप्रपाको एकल सरकार बनाउने र गणतन्त्र दिवस खारेज गर्ने ध्येयका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याए ।
राप्रपा महिला संघकी केन्द्रिय महासचिव रञ्जु सेनले हिजोको गल्तीलाई सच्याउँदै आगामी योजना तय गर्नुपर्ने बताइन् । भूपूसैनिक संघका अध्यक्ष गणेश बहादुर पौडेल क्षेत्रीले गणतन्त्रको नाममा लुटपाट मच्याउने हरुलाई धपाउनुपर्ने बेला आएको बताए ।
राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले युवाहरुलाई पार्टी भित्र आर्कषित गराई परिमार्जित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा ४५ जनाले राप्रपा प्रवेश गरेका छन् । राप्रपा प्रवेश गर्दै सुरज हमालले पार्टीको सिद्धान्त र विचार मन परेका कारण नै आफु आबद्ध भएको उल्लेख गरे ।
राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले संचालन गरेको कार्यक्रममा राप्रपा युवा संघ कास्कीका अध्यक्ष सोपन भूजेल र राप्रपा कास्कीका उपाध्यक्ष शालिकराम घिमिरे लगायतले बोलेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना आज भन्दा ३४ वर्ष अगाडि २०४७ साल जेठ १५ गते भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस