कला

लघुकथा : छानविन

"एक पित्काे काम !"

लित्काेपित्काेले भरिभराउ भाँडाेमा एक ठुलाे ठक्कर लागेर आवाज निस्क्याे । कच्याक्क भाँडाे कुच्चियाे । आवाज खुब निस्क्याे । सायद बहुराष्ट्रिय कम्पनीले बनाएकाे गाेल्टिनकाे बट्टा थियाे । बनाेटमा बिर्काे थियाे, पिंध थिएन । ट्रेडमार्क त थियाे, तर सर्टिफाइड थिएन । महाजनले करायाे ।

"याे टेलर मात्रै हाे !"

"नक्कली टेलर, सक्ने भए फिल्म नै देखाउनु नि !"

त्यसपछि स्टाेरी टेलरहरूले नयाँ मजाकका साथ पत्रपत्रिकामा नयाँ नयाँ स्टाेरीहरू लेख्न थाले । उनीहरूकाे अन्तर्य प्रभाव र प्रयास थियाे ।

"टेलर मास्टरकाे पहिरनकाे पहिचान र नापजाँच !"

जब बहुराष्ट्रिय कम्पनीहरूले ट्रेडमार्कका टेलरहरू प्रदर्शन गर्दै गए । टेलर माष्टरकाे टेबलमा रहेका झिंगाहरू समातिन थाले। फिल्म हेर्दिनका लागि अपेक्षामा बसेका दर्शकहरू चिच्याउन थाले ।

"भ्रष्ट्राचारीलाई कार्यबाही गर !"

टेलर माष्टर टेबलका निरीह झिंगाहरूलाई समाउँदै गाेल्टिनकाे बट्टा भर्न थाले । गाेल्टिनमा मुख्य भष्ट्राचरीहरूकाे अभाव देखे पछि जनताले साेध्न थाले ।

"फिल्मकाे हिराे हिराेइन खै ?"

टेलर माष्टर बर्बराउन थाल्याे । उसकाे ईन्चीफुट लुत्रुक्क परेर भूईमा झाेलिंदै गयाे । कैंचीमा धार थिएन, कपडामा नापजाँच थिएन । टेलर माष्टरकाे फिल्मकाे नयाँ अभिषानका लागि कतै बाट दवाव आयाे ।

"हेर्नू है हेर्नू ! फिल्म रिलिज गर्ने भए तिम्राे निर्देशक पद नै अस्वीकृत हुन्छ !"

टेलर माष्टर बर्बराउन थाले ।

"अपराधीलाई छाेडिन्न, फिल्मकाे हिराे हिराेइनलाई छाेइन्न !"

त्यसपछि टेलरमाआएका धब्बाहरूलाई देखेर माष्टरले नयाँ कथाहरू भन्न थाले ।

"बहुत गहिराईमा छ मेरा लागि खतराहरू !"

मास्टरकाे अगाडि हिराे हिराेइन बनेका सिस्टर र मिस्टरहरू टेलर मेसिन घुमाउँदै कराइरहेका थिए ।

"परीक्षाकाे सत्यतथ्य छानविन हाेस् !"

त्यहाँ न टेलर थियाे, न माष्टरकाे ताज, न स्टाेरी टेलरहरू थिए, न फिल्म । थियाे त केवल मदमत्त बैसाँलु घाेडीकाे चिच्याहट मात्रै !

तपाईँको मत