विश्व रेडक्रस दिवसको अवसरमा लिटल फ्लावरमा जुरेश पुनर्गठन
- गाउँ सहर संवाददाता
- २५ बैशाख सोमबार, २०८० | २१:५०:०० मा प्रकाशित

लेखनाथ । पोखरा –२७ मा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा विश्व रेडक्रस दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कलको पुनर्गठन तथा विविध कार्यक्रम सम्पन्न गरिएका छन् ।
मानवीय उद्धार र सहयोगको क्षेत्रमा अग्रणी संस्था रेडक्रस को स्थापना दिवस मनाउँदै रविना विकको अध्यक्षतामा सर्कलको पुनर्गठन गरिएको हो । पुनर्गठित सर्कलको उपाध्यक्षमा सक्षम अधिकारी,सचिवमा सुदिक्षा सुनार सह-सचिवमा सुदिक्षा पौड्याल ,कोषाध्यक्षमा सिर्जना वि.क, सह-कोषाध्यक्षमा रिमिसा भण्डारी रहेका छन्। यसै गरी सदस्यहरुमा शितल जिसी ,अर्माली पौडेल,खुसी भण्डारी,भविन वि.क.,विधान तामाङ,सुनिस्मा जोसी र निस्मा गुरुङ चयन भयका छन्।
शिक्षक नायकमा आस्तिक पौडेल र सह-नायक' सिमन वि.क. रहेका छन् ।
उक्त अवसरमा निस्वार्थ भावनाले काम गर्न आग्रह गर्दै विद्यालयका प्रिन्सिपल विकल पौडेल, अर्घौं उपशाखाका सचिव गोपालमणि लामिछने लगायतले सर्कलका पदाधिकारीलाई शुभकामना दिएका थिए रेडक्रसका सिद्धान्तको बारेमा अतिरिक्त क्रियाकलप संयोजक विचित्र न्यौपानेले स्पष्ट पारेका थिए । विद्यालमा सोमवार नै नवागन्तुक विद्यार्थीहरूलाई स्वागत समेत गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस