गाउँ सहर
कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा बालेनविरुद्धको रिट
- गाउँ सहर संवाददाता
- ५ बैशाख मंगलबार, २०८० | १२:३५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसमेतलाई विपक्षी बनाइएको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ । अत्यावश्यक सेवा रोकेको भन्दै उनीविरुद्ध रिट दर्ता भएको हो ।
सिंहदरबारको फोहर नउठाउने महानगरपालिकाको निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दर्ता गरेका थिए । कार्कीको इजलासको आठौं नम्बरमा यो रिट छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार र काठमाडौं महानगरपालिकाको कार्यालयविरुद्ध उनले रिट दर्ता गरेका हुन् । सरकारले महानगरलाई समर्थन नगरेको भन्दै बालेनले सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस