स्वास्थ्य

थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, हाल १२ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।

मंगलबार र बुधबार कोरोनाबाट एक/एक जनाको मृत्यु भए पनि बिहीबार भने कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ ।

हाल २७ जना आइसोलेसनमा रहेका छन् भने १२ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत