राजनीति

सरकार र मिटर ब्याज पीडितबीच गृह मन्त्रालयमा वार्ता

काठमाडौं।  मिटरब्याज पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटरब्याज पीडित गृह मन्त्रालयमा वार्ता चलिरहेको छ। 

वार्तामा सरकारको तर्फबाट वार्ता टोलीका नेतृत्व गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा, समितिका ५ जना र  पीडित पक्षको तर्फबाट पनि ५ रहेका छन्।

मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगी र नेपाल प्रहरीका एसपी दिनेशराज मैनाली सदस्य रहेका छन् भने मिटर ब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोज पासवानको नेतृत्वमा सङ्घर्ष दाहाल, श्याम कुमारी चौधरी, छेदिलाल पासवान र रामरिजन यादव रहनेछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत